२०८३ असार २८ गते, आईतवार २०:५८

आत्मदाह गरेका गणेश नेपालीको परिवार र सरकारबीच सहमति, छानबिन समितिद्वारा अनुसन्धान जारी

काठमाडौँ

काठमाडौँमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवार र सरकारबीच सहमति जुटेको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा आइतबार दिउँसो भएको वार्ता सकारात्मक भएसँगै दुई पक्षबीच औपचारिक सम्झौता भएको हो।

वार्ता र सम्झौताका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ जिल्ला प्रशासन कार्यालय पुगेका थिए। नेपालीको परिवारकातर्फबाट उनकी श्रीमती एकमाया नेपाली, दाइ मदन नेपाली, हिक्मत शाही, धर्मराज शाही तथा मुगुका सांसद खड्गबहादुर शाही लगायतको उपस्थिति रहेको थियो।

आइतबार दिउँसो १ बजेदेखि सुरु भएको सरकारी टोली र पीडित परिवारबीचको वार्ताले अन्ततः सहमतिको रूप लिएको हो। यसअघि शनिबार अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता निष्कर्षविहीन भएको थियो।

यसअघि काठमाडौँ महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मृतक गणेशको परिवारलाई रोजगारी र बालबालिकालाई नि:शुल्क शिक्षाको पूर्ण जिम्मेवारी लिने घोषणा गरिसकेको छ।

मुगुको सोरु गाउँपालिका–६, जमलधारा स्थायी घर भई भक्तपुरको कमलविनायक बस्दै आएका गणेश नेपालीले गत बिहीबार आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको थियो।

हाल उनको शवलाई वीर अस्पतालबाट पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टीचिंग) लगिएको छ। गणेशको मृत्युको कारण र घटनाबारे सत्यतथ्य पत्ता लगाउन उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। समितिले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

तेहरान – इरानको रूढीवादी पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह

विशेष खबर-३

पोडकास्ट सुन्नुहोस