२०८३ कार्तिक ११ गते, मंगलवार १७:४४

बीरगन्ज र जीतपुरमा हिरो मोटरसाइकलको नयाँ शोरुम खुल्दै, कार्तिक १३ गते भव्य उद्घाटन

बीरगन्ज–

विश्वकै सर्वाधिक लोकप्रिय दुई पाङ्ग्रे सवारीसाधन उत्पादक हिरो मोटोकर्पका पारखीहरूका लागि खुसीको खबर छ। पर्साको बीरगन्ज र बाराको जीतपुरका ग्राहकलाई लक्षित गर्दै एन.एच.आर. मोटोकर्प प्रालिले अत्याधुनिक सुविधा सम्पन्न नयाँ शोरुमहरू सञ्चालनमा ल्याउने भएको छ।

कम्पनीका अनुसार आगामी कार्तिक १३ गते शुक्रवारका दिन एक भव्य समारोहबीच शोरुमको औपचारिक उद्घाटन गरिनेछ।

उद्घाटन कार्यक्रम कार्तिक १३ गते बिहान ११ बजे बीरगन्जस्थित बीवाईडी शोरुम नजिकै भर्खरै निर्माण सम्पन्न भएको एन.एच.आर. मोटोकर्पको नयाँ शोरुम प्राङ्गणमा आयोजना गरिनेछ। उक्त विशेष अवसरमा स्थानीय ग्राहक, शुभेच्छुक तथा सर्वसाधारणलाई सहभागी भई कार्यक्रमको साक्षी बन्न आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

नेपाली बजारमा हिरोका मोटरसाइकल तथा स्कुटरहरू उच्च कार्यक्षमता, टिकाउपन र किफायती इन्धन खपतका कारण निकै रुचाइएका छन्। वीरगञ्ज र जीतपुरमा नयाँ शोरुम सञ्चालनमा आएसँगै यस क्षेत्र र आसपासका ग्राहकहरूले अब हिरोका नयाँ-नयाँ मोडलहरू सजिलै अवलोकन गर्न, परामर्श लिन र आफ्नो रोजाइअनुसार सवारीसाधन खरिद गर्न सक्नेछन्।

नयाँ शोरुमले बिक्रीका साथै बिक्रीपछिको सेवा, सहज फाइनान्सिङ र आवश्यक जानकारी पहुँचमा ग्राहकलाई अभूतपूर्व सहजता प्रदान गर्ने विश्वास लिइएको छ। स्थानीय बजारमा दुई पाङ्ग्रे सवारीको बढ्दो मागलाई सम्बोधन गर्न यो कदम चालिएको एन.एच.आर. मोटोकर्पले जनाएको छ।

उद्घाटन समारोह तथा सेवा-सुविधा सम्बन्धी थप जानकारीका लागि इच्छुक ग्राहकहरूले मोबाइल नम्बर ९८०१२६५२५७ र ९८०१२६६५५५ मा सीधा सम्पर्क गर्न सक्नेछन्।

नयाँ शोरुमको सुरुआतसँगै बीरगन्ज, जीतपुर तथा मध्य तराईका हिरो पारखीहरूका लागि सवारी खरिद र सर्भिसिङ थप सहज र भरपर्दो बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस