२०८३ कार्तिक १४ गते, शुक्रबार २१:३०

वीरगन्ज र जीतपुरमा खुल्यो हिरो मोटरसाइकलको अत्याधुनिक शोरुम, बिक्रीदेखि सर्भिसिङसम्मको सुविधा

वीरगन्ज-

वीरगन्ज र जीतपुरमा खुल्यो हिरो मोटरसाइकलको अत्याधुनिक शोरुम, बिक्रीदेखि सर्भिसिङसम्मको सुविधा
वीरगन्ज १३ कार्तिक । हिरो कम्पनीका मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई लक्षित गर्दै वीरगन्ज र जीतपुरमा एनएचआर मोटोकर्प प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । दुवै स्थानमा स्थापना गरिएका शोरुमको शुक्रवार भव्य समारोहबिच उद्घाटन गरिएको हो ।

वीरगन्जस्थित बीवाईडी शोरुम नजिकै र जीतपुरस्थित मुख्य सडकमा रहेको नवनिर्मित एनएचआर मोटोकर्पको शोरुम  आयोजित उद्घाटन समारोहमा ग्राहक, व्यवसायी, शुभेच्छुक तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो । उद्घाटनसँगै दुवै शोरुमबाट हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरको बिक्री वितरण र ग्राहक सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहका क्रममा शोरुमका सहसञ्चालक तथा वरिष्ठ समाजसेवी नीरज कुमार सर्राफले शोरुमको विशेषता, उपलब्ध सुविधा तथा प्रदान गरिने सेवाबारे जानकारी गराए । उनले शोरुममा हिरो मोटोकर्पका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री वितरणका साथै सवारीसाधनको नियमित मर्मतसम्भार (सर्भिसिङ) र आवश्यक स्पेयर पार्ट्सको समेत व्यवस्था गरिएको बताए ।

सर्राफका अनुसार ग्राहकले एउटै स्थानबाट आफूलाई आवश्यक पर्ने सवारीसाधन छनोट गर्न, खरिद गर्न तथा खरिदपछिको सेवा प्राप्त गर्न सक्ने जानकारी दिए । मोटरसाइकल तथा स्कुटरको बिक्रीमा मात्र सीमित नभई ग्राहकलाई आवश्यक प्राविधिक सेवा, मर्मतसम्भार र पार्टपुर्जाको सहज उपलब्धतालाई समेत प्राथमिकतामा राखेर शोरुम सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारे ।

वीरगञ्ज र जीतपुर क्षेत्रमा सम्भवतः पहिलो पटक बिक्री वितरण, सर्भिसिङ तथा स्पेयर पार्ट्ससहितका सम्पूर्ण सुविधा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको सर्राफको दाबी छ । उनले यस क्षेत्रका हिरो मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ता एवं नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई शोरुममा आएर उपलब्ध सेवा तथा सुविधाको लाभ लिन आग्रहसमेत गरे ।

हिरो मोटोकर्प विश्वकै चर्चित दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनीमध्ये एक हो । कम्पनीका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा पनि लोकप्रिय छन् । विभिन्न मोडल, आकर्षक डिजाइन र ग्राहकको आवश्यकताअनुसारका सवारीसाधन उपलब्ध गराउँदै आएको हिरोका ग्राहकलाई अब वीरगञ्ज, जीतपुर तथा आसपासका क्षेत्रमै खरिद र मर्मतसम्भारसम्बन्धी सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।

नयाँ शोरुम सञ्चालनमा आएसँगै यस क्षेत्रका ग्राहकले सवारीसाधन खरिदका लागि अन्य स्थान धाउनुपर्ने बाध्यता कम हुनुका साथै नियमित सर्भिसिङ र आवश्यक स्पेयर पार्ट्स प्राप्त गर्न पनि सहज हुने विश्वास कम्पनीले लिएको छ ।

स्थानीय बजारमा दुई पाङ्ग्रे सवारीसाधनको बढ्दो माग र ग्राहकलाई बिक्रीपछिको सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको एनएचआर मोटोकर्प प्रालिले जनाएको छ ।

भोलिदेखि वीरगन्ज‘हिरो मेगा एक्सचेन्ज’ पनि सुरु हुँदै, १० लाखसम्म नगद पुरस्कार जित्ने अवसर
दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै वीरगन्जमा भोलि कार्तिक १४ गतेदेखि ‘हिरो मेगा एक्सचेन्ज’ अफर सञ्चालन हुने भएको छ । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता एनएचआर मोटोकर्प प्रालिले पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ दुई पाङ्ग्रे सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै विशेष योजना ल्याएको हो ।

कार्तिक १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त अफर वीरगन्जको आदर्शनगरस्थित अनमोल स्वीट्स नजिक आयोजना गरिने कम्पनीले जनाएको छ । यस अवधिमा ग्राहकले हिरोका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा आकर्षक छुट, नगद पुरस्कार तथा अन्य सुविधा प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ‘हिरो मेगा एक्सचेन्ज’अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ हिरो मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । पुराना सवारीसाधनको मूल्याङ्कन गरी एक्सचेन्ज सुविधा उपलब्ध गराइनेछ ।

यस योजनाको मुख्य आकर्षणका रूपमा डिजिटल स्क्र्याचमार्फत १० लाख रुपैयाँसम्मका तत्काल नगद पुरस्कार जित्ने अवसर राखिएको छ । त्यस्तै, ग्राहकले १०० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफर अवधिमा सोधपुछका लागि दर्ता गर्ने ग्राहकलाई निःशुल्क इयरबडसमेत उपलब्ध गराइनेछ ।

नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई आर्थिक रूपमा सहज बनाउन कम्पनीले विशेष ईएमआई सुविधा पनि ल्याएको छ । योजनाअन्तर्गत मासिक ३ हजार ९९९ रुपैयाँदेखि किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ । यसका साथै नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकले निःशुल्क हेलमेटसमेत प्राप्त गर्नेछन् ।

हिरोका विभिन्न श्रेणीका मोटरसाइकल तथा स्कुटर अफरमा समावेश गरिएकाले ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन् । पुरानो सवारीसाधनको मूल्याङ्कन, नयाँ सवारीसाधनको मूल्य तथा उपलब्ध अफरबारे ग्राहकले कार्यक्रमस्थलमै जानकारी लिन सक्नेछन् ।

प्रतिक्रिया

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

सञ्चारगृहमा प्रहरी हस्तक्षेपप्रति प्रधानमन्त्री कार्यालयको कडा निर्देशन, पक्राउ परेका पत्रकार रिहा हुँदै

काठमाडौँ सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकार पक्राउ गरेको

पोडकास्ट सुन्नुहोस