२०८२ माघ २७ गते, मंगलवार १३:०१

Day: २०८२ मंसिर १५ गते, सोमबार २०:२४

सरकारको निर्णय: भदौ २३ ‘जेनजी सहिद दिवस’ घोषणा, ५ लाखभन्दा बढी कारोबार अब बैंकिङमार्फत अनिवार्य

काठमाडौँ – सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको

विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर – नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी

बालेनका बुबा रामनारायणको अन्त्येटि, श्रद्धाञ्जलीका लागि उच्च अधिकारीहरु आर्यघाटमा

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)का बुबा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । लामो समयदेखि  मधुमेह

सर्वोच्चको आदेश: मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देश

काठमाडौँ- सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ। असंवैधानिक प्रक्रिया

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ ।

जेन–जी सरकारले पनि हाम्रा माग पूरा गरेनः सहकारी पीडित

सहकारी पीडितहरुले प्रदर्शनलाई जारी राखेका छन् । मंसिर ५ गतेदेखि पीडितहरुले समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यलयको अगाडी बुद्धनगरमा प्रदर्शन गरिरहेका छन्

हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

काठमाडौँ- नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।

निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्नूस्ः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न

भ्रष्टाचार निवारणका लागि बनाइएको शतर्कता केन्द्र सरकारको प्राथमिकतामा परेन

काठमाडाैँ – जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते निशानामा परेको  प्रधानमन्त्री मातहतको राष्ट्रिय शतर्कता केन्द्र अभावै अभावमा गुज्रिरहेको छ ।

स्व. नरेश सर्राफ पत्रकारिता पुरस्कारबाट युवा पत्रकार आशु सर्राफ सम्मानित

वीरगन्ज- समाजवादी प्रेस संगठन नेपाल, पर्साले वितरण गर्दै आएको स्व. नरेश सर्राफ पत्रकारिता पुरस्कार २०८२ बाट वीरगन्जका युवा संचारकर्मी आशु सर्राफ सम्मानित भएका छन् । स्वर्गीय पत्रकार नरेश सर्राफको तेस्रो पुण्यतिथी को अवसर पारेर सोमबार वीरगन्जमा आयोजित समारोहमा पत्रकार आशु सर्राफलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ, पर्साको सभा–कक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले सम्मानित सर्राफलाई फूलमाला र अबिर–टिका लगाउँदै कदरपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरे । समाजवादी प्रेस संगठन नेपाल, पर्साका अध्यक्ष शम्भु कुमार सुमन को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक सञ्जालमा बढ्दै गएको ‘हेट स्पिच’ प्रति गम्भीर चिन्ता व्यक्त गरे । “सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग मानिन्छ र यसले आफ्नो भूमिका जिम्मेवार ढंगले निर्वाह पनि गरिरहेको छ । तर, सामाजिक सञ्जालमार्फत धर्म, समुदाय लक्षित द्वेषपूर्ण अभिव्यक्तिहरूको वृद्धि अहिले ठूलो चुनौती बनेको छ,” प्रजिअ दाहालले भने । उनका अनुसार सामाजिक सञ्जालमा झूटा, तथ्यहीन समाचार पोस्ट गरी धार्मिक सद्भावमा असर पार्ने प्रयासहरू भइरहेका छन् । यस्ता गतिविधिलाई स्थानीय प्रशासनले नजिकबाट सूक्ष्म निगरानी गरिरहेको र आवश्यक परे कानुनी कारबाहीसमेत गरिएको प्रजिअ दाहालले जानकारी दिए । “बस्तुनिष्ठ, तथ्यपरक तथा सत्यमा आधारित समाचारले समाजलाई कहिल्यै हानि गर्दैन । तर, भ्रामक, असत्य तथा चरित्र हत्या गर्ने प्रकृतिका सामग्रीले राष्ट्र र समाजलाई दूरगामी नकारात्मक असर पार्छ,” भन्दै उनले सबै सञ्चारकर्मीलाई भ्रमपूर्ण समाचारबाट सचेत रहन आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, पर्सा शाखाका अध्यक्ष ओम प्रकाश खनाल लगायतका वक्ताले युवा पत्रकार आशु सर्राफलाई बधाइ तथा शुभकामना व्यक्त गरे । वक्ताहरूले सबै सञ्चारकर्मीलाई समाजप्रति उत्तरदायी बनी व्यावसायिक, निष्पक्ष र जनहितमुखी पत्रकारिता गर्न अपिल गरेका थिए ।

पोडकास्ट सुन्नुहोस