२०८२ असार ४ गते, बुधबार १०:४२

काठमाडौं-

देश र जनताको आवश्यकताको आधारमा विकास निर्माणका योजनाहरु बन्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले देशको समृद्धिमा योगदान पु¥याउने परियोजनाहरु ओझेलमा परेको बताउनुभएको हो । बैठकमा बोल्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकारले लाभ नदिने योजनाहरुमा पूरै तागत लगाएको टिप्पणी गर्नुभयो । उहाँले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई मन्त्रालय कतै हराएको त छैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले निजगढ विमानस्थलको प्रगतिबारे जानकारी गराउन समेत माग गर्नुभएको छ ।

बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले देश र जनताको आवश्यकताको आधारमा भन्दा कताबाट कमिसन प्राप्त हुन्छ भन्ने कुराबाट योजना जन्मिने गरेको बताउनु भयो । उहाँले कमिसनको आधारमा योजना अघि बढाइने प्रवृत्तिको निरुत्साहित गर्न जरुरी रहेको बताउनु भयो । उहाँले काूनको निर्माणमा संविधानको भावनाअनुसार उदासिन समिति र संसादहरु उदासिन भएको भन्दै ग्लानी भइरहेको बताउनु भयो ।

नेकपा(एमाले)की सचेतक सुनिता बरालले दीर्घकालिन र राणनीतिक योजनाहरु सरकारको प्राथमिकतामा पर्नुपर्ने बताउनु भयो । उहाँले भैरहवा र पोखरा विमानस्थलको प्राविधिक पक्षबारे आमनागरिकलाई जानकारी दिन जरुरी रहेको बताउनु भयो । उहाँले निर्माण सम्पन्न विमानस्थल सञ्चालनका लागि सरकारले किन पहल नचालेको ? भन्दै प्रश्न गर्नुभयो ।

बैठकमा अधिकांश सांसदहरुले योजना छनोट गर्दा देश र जनताको समृद्धि र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस