२०८३ असार २१ गते, आईतवार ०१:४८

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

जनकपुर-

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०८१ फागुन १६ गतेदेखि हुने भएको छ ।

मंगलवार ललितपुरमा पत्रकार सम्मेलनमा पत्रकार सम्मेलन गरी आयोजक संवाद फाउण्डेशनले यसबारेमा जानकारी दिएको हो ।

महोत्सव फागुन १६ गतेदेखि १८ गतेसम्म जनकपुरको मैथिली भवनमा हुने आयोजकले जानकारी दिएको छ । महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रहरुले आवेदन दिएका र नेपाली पानोरामामा नेपालबाट अझै पनि चलचित्रको आवेदन आउने क्रम जारी रहेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री रेखा थापाले कलाकारको भूगोलको सीमाना नहुने र सबै भूगोलको कलकार हुने बताउनु भयो । उहाँले कला र महिलाको जननी मिथिला सभ्यता भएको बताउनु भयो । उहाँले महोत्सवले नेपालको पर्यटन प्रवद्र्धन गर्ने विश्वास लिएको पनि बताउनु भयो ।

महोत्सवको उद्देश्य नेपालमा चलचित्रको महत्व बुझाउनु रहेको बताइएको छ । साथै नेपाली चलचित्रलाई विश्वभर प्रश्तुत गर्नु, चलचित्र साक्षरताको प्रदर्शन गर्नु लगायतका उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस