२०८३ असार २० गते, शनिबार २३:२३

रविले सहकारीको रकम ठगेका छन्, सजाय हुनुपर्छः शेखर कोईराला

काठमाडौं-

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको दाबी गर्दै सजाय पाउनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुको सम्मानमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रास्वपा सभापति लामिछानेले सहकारीको रकम ठगेको कुरामा कुनै शंका नरहेको भन्दै सजाय पाउनुपर्ने बताउनु भयो । तर सभापति लामिछानेमाथि भएको मानव अधिकार उल्लंघनबारे सरकार पन्छिन नमिल्ने बताउनु भयो । मानव अधिकारका कुरा नबुझ्नेहरु काँग्रेसी नहुने उहाँको तर्क छ । सहकारीको रकम हिनामिना गरेको प्रकरणमा केही समय अघि सभापति लामिछानेलाई रातारात पोखरा पु¥याइएको घटनाप्रति आपत्ति जनाउँदै सुरक्षा चुनौति देखाएर सरकारले मानव अधिकारको उल्लंघन गरेको बताउनु भयो । उहाँले सुरक्षा चुनौति भए किन चितवन लगेको ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सभापति लामिछानेमाथि अन्याय भयो भनेर आफूले नबोलेको दाबी गर्नुभयो ।

सांसद कोईरालाले अहिले नेपाली काँग्रेस कमजोर भएको दाबी गर्दै अधिवेशनको टुंगो नलागेकोप्रति आपत्ति जनाउनु भयो । समयमा नै अधिवेशन गर्न सामाजिक सञ्जालबाट दबाब दिन आफू निकट नेता-कार्यकर्तालाई दबाब दिनुभयो । अहिले राज्य नै एमालेकरण भइरहेको भन्दै गम्भीर हुनुपर्ने बताउनु भयो ।

सांसद कोईरालाले सरकारलाई एमालेकरण हुनबाट जोगाउन सबैले दबाब दिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस