२०८३ असार २० गते, शनिबार २१:५८

जनकपुरधाममा चिकित्सकको राष्ट्रिय सम्मेलन सुरु, स्वास्थ्य क्षेत्रका चुनौतीहरूमा केन्द्रित

जनकपुर-

स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्ने उद्देश्यले जनकपुरधाममा चिकित्सकहरूको राष्ट्रिय सम्मेलन सुरु भएको छ । विशेषज्ञ चिकित्सकहरूको छाता संगठन सिमोन (SIMON) द्वारा आयोजित यो सम्मेलन शनिबारबाट सुरु भई आइतबार समापन हुनेछ । सम्मेलनको उद्घाटन वरिष्ठ चिकित्सक डा. अशोकानन्द मिश्रले गरेका हुन् ।

यो सम्मेलन सिमोनको आयोजनामा र मधेश प्रदेश च्याप्टरको स्थानीय सहयोगमा आयोजना गरिएको हो । सम्मेलनले चिकित्सकहरूको ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको छ । सम्मेलनमा देशभरका ४०० भन्दा बढी विशेषज्ञ चिकित्सकहरू सहभागी भएका छन् ।

सम्मेलनमा ५० वटा कार्यपत्र र १५ वटा शोधपत्र प्रस्तुत हुनेछ । सिमोन मधेश प्रदेश च्याप्टरका सचिव रमण मिश्रका अनुसार, यस सम्मेलनमा नेपालभरिका चिकित्सकहरूले तयार पारेका शोधपत्र र नयाँ अनुसन्धानहरूको प्रस्तुतीकरण हुनेछ । यसले चिकित्सकहरूको ज्ञानमा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनमा स्वास्थ्य सेवाका विभिन्न पक्षहरूमा छलफल गरिनेछ भने चिकित्सा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधानका लागि रणनीतिहरू पनि छलफल हुनेछ । यसले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस