२०८३ असार २० गते, शनिबार २१:५९

वीरगन्जमा दोस्रो पटक जगन्नाथ रथयात्रा उत्साहपूर्वक सम्पन्न

वीरगन्ज-

ईस्कोन वीरगन्जको आयोजनामा शनिवार दोस्रो पटक श्री जगन्नाथ रथयात्रा उत्साहपूर्वक निकालिएको छ । यो रथयात्रा वीरगन्ज महानगरको घण्टाघरबाट सुरु भई मुख्य सडकबाट माईस्थान, आदर्शनगर, महाविरस्थान, अलखिया मठबाट कैलाश होटल मार्ग हुँदै आदर्शनगरको पूरानो बसपार्कमा पुगेर समापन भएको हो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले यस अवसरमा वीरगन्जमा ईस्कोनको लागि ठूलो मन्दिर निर्माण गर्न आवश्यकता रहेको बताए । उनले आगामी वर्ष पनि रथयात्रालाई निरन्तरता दिई अझै उल्लासपूर्ण ढंगले मनाउनुपर्ने जोड दिए । साथै, महानगरपालिकाले यस्ता आयोजनामा सबैसँग समन्वय गर्न सधैं तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा वक्ताहरूले रथयात्राले मानिसमा अध्यात्मिक ज्ञान र शान्ति प्रदान गर्ने बताए । उनीहरूको भनाई अनुसार, रथयात्राले मनमा आउने नकारात्मक विचारहरूलाई दूर गरी सकारात्मक सोचको विकास गर्न मद्दत पुग्छ ।

यस अवसरमा वीरगन्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, समाजसेवी एवं नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, नेपाल रेडक्रस सोसाइटी पर्साकी उपसभापति मधु राणा, ईस्कोन नेपालका अध्यक्ष परमेश्वर अचुदास लगायत धेरै गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले गरेका थिए ।

गत वर्ष पहिलो पटक वीरगन्जमा जगन्नाथ रथयात्रा निकालिएको थियो भने यसपाली यो आयोजना अझै ठूलो र उत्साहपूर्ण रह्यो । यसले सामाजिक सद्भाव र अध्यात्मिक चेतनाको प्रसार गर्ने महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

वीरगन्जमा सूर्योदय सेकेन्डरी स्कुलको भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित

वीरगन्ज– वीरगन्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा

पोडकास्ट सुन्नुहोस