२०८३ श्रावण २० गते, बुधबार २२:४३

नेपालको हङकङ टी–२० सिरिजमा शानदार सुरुवात: कतारमाथि ८ विकेटको प्रभावशाली जित

काठमाडौं –

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको उद्घाटन खेलमा नेपालले सानदार विजयी सुरुवात गरेको छ। मंगलबार भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै सिरिजमा बलियो सुरुवात गरेको हो।

हङकङको मिसन ग्राउन्ड रोड मङ कोकमा भएको खेलमा कतारले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १५१ रन बनाएको थियो। कतारका कप्तान इक्रामुल्लाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले भने साहजैवले ३१ रन र मुजीब उर रहमानले अविजित २० रन जोडे। नेपालका लागि सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिए।

नेपालको विस्फोटक ब्याटिङ
जवाफी ब्याटिङमा उत्रिएको नेपालले विना बलमा ८ रन उपहार पाएर सुरुवात गरेको थियो। १५२ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो पावर प्ले (६ ओभर) मा नै ८१ रन जोड्दै खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो। ओपनर कुशल भुर्तेलले १९ बलमा ४ चौका र ३ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेले भने अर्का ओपनर आशिफ शेखले ३३ रन बनाए। कप्तान रोहितकुमार पौडेल ३७ रन र बसिर अहमद ३० रनमा अविजित रहँदै नेपाललाई १७ ओभरमा २ विकेटको क्षतिमा जित दिलाए।

 ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा कमब्याक
नेपाली टोली करिब ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको हो। नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कपजस्ता घरेलु प्रतियोगिताहरू खेलेका खेलाडीहरूले लामो समयदेखि अन्तर्राष्ट्रिय खेलको अनुभव लिएका थिएनन्। यो सिरिज नेपालका लागि फेरि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर बनेको छ।

सिरिजको ढाँचा
चारदेशीय टी–२० सिरिजमा नेपाल, हङकङ, कतार र कुवेत सहभागी छन्। प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् र अंक तालिकाको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्। नेपालले यो जितसँगै सिरिजको उपाधि दाबेदारी बलियो बनाएको छ।

नेपालले अब आफ्नो दोस्रो खेलमा हङकङ वा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ, जसले सिरिजको अघिल्लो चरणको समीकरणलाई थप रोचक बनाउनेछ।

प्रतिक्रिया

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

नेपाल टेलिभिजन खरिद प्रकरण: अनियमितता र कानुनी त्रुटि औँल्याउँदै छानबिन समितिले बुझायो प्रतिवेदन, अख्तियारलाई कारबाहीको सिफारिस

काठमाडौँ– नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रसारण संस्था) ले विगतका

पोडकास्ट सुन्नुहोस