२०८३ आश्विन २० गते, मंगलवार ०२:४४

बजारमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधवार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  लगानी नबढ्दा तरलता समस्या: सरकारले लगानीको वातावरण भएको दाबी गरे पनि निजी क्षेत्रको लगानी नबढ्दा बैंकमा ठूलो रकम थुप्रिएको छ।
  • राष्ट्र बैंकको कदम: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधवार ४० अर्ब रुपैयाँ खिच्ने निर्णय गरेको छ, यसअघि आइतवार २० अर्ब खिचेको थियो।
  • बोलकबोल प्रक्रिया: २१ दिनका लागि हुने बोलकबोल आज दिउँसो ३ बजे तय गरिएको छ, जसमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन सक्नेछन्।

काठमाडौं –

सरकारले लगानीको वातावरण बनेको दाबी गरेपनि निजी क्षेत्रले लगानी नबढाउँदा बैंकहरुमा फेरि ठूलो रकम थ्रुपिएको छ ।

बैंकहरुमा धेरै रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज बुधवार ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पटकपटक यसरी निक्षेप खिच्दै आएको छ ।

राष्ट्र बैंकले २१ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंककाअनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । गत आईतवार पनि राष्ट्र बैंकले २० अर्ब खिचेको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस