२०८३ असार ११ गते, बिहीबार ०४:१२

प्लास्टिक झोला नियन्त्रण कार्य योजना कार्यान्वयन गर्ने सरकारको घोषणा

विकास र वातावरणलाई सन्तुलनमा राख्न वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने जानकारी दिए।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सरकारले प्लास्टिक झोला नियन्त्रण कार्य योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ।
  • वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिनेछ।
  • कार्बन व्यापार नियमावली अन्तिम चरणमा पुगेको र अन्तर्राष्ट्रिय जलवायु वित्त तथा प्रविधिमा पहुँच बढाउने योजना रहेको छ।

काठमाडौँ-

सरकारले जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गर्ने भएको छ। सोमबार प्रतिनिधिसभामा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले यो कुरा बताएका हुन्।

मन्त्री शाहीले यसअघि निर्माण भएको प्लास्टिक झोला नियन्त्रण कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। उनले विकास र वातावरणलाई सन्तुलनमा राख्न वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति प्रक्रियालाई सरल बनाउन नियमावली संशोधन गरिने जानकारी दिए।

यसैगरी, कार्बन व्यापारलाई व्यवस्थित गर्न ‘कार्बन व्यापार नियमावली’ तर्जुमा अन्तिम चरणमा पुगेको मन्त्री शाहीले बताए। जलवायु परिवर्तन र वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त र प्रविधिमा नेपालको पहुँच वृद्धि गर्ने मन्त्रालयको योजना रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस