२०८३ असार ११ गते, बिहीबार ०२:४२

कानूनमन्त्री चौरसियाको स्पष्टिकरणः संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन

सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गर्नुभएको थियो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • मन्त्री अजयकुमार चौरसियाले सांसद अमरेशकुमार सिंहले लगाएको न्यायाधीशलाई फोन गरेको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो।
  • चौरसियाले न्यायाधीश नियुक्तिमा दलीय प्रभाव नपरेको र आफूले नैतिक र अनुशासित राजनीतिक जीवन बिताएको दाबी गर्नुभयो।
  • न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट नभएको स्पष्ट गर्दै मन्त्री चौरसियाले बाहिर जस्तो प्रभाव नपरेको उल्लेख गर्नुभयो।

काठमाडौँ-

कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री चौरसियाले यस्तो चुनौती दिनुभएको हो । सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै कल विवरण सार्वजनिक गर्न माग गर्नुभएको थियो ।

मन्त्री चौरसियाले बाहिर आएजस्तो दलीय प्रभाव पर्नेगरी न्यायाधीश नियुक्ति नगरिएको उहाँको भनाइ छ । उहाँले आफूले नैतिकता र चरित्रमा आधारित राजनीतिक जीवन बिताएको दाबी गर्दै खहरे खोलाजस्तो अनुशासनहिन नभएको जिकिर गर्नुभयो ।

उहाँले न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको समेत स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस