२०८३ बैशाख २ गते, बुधबार ०२:०८

दक्षिण कोरियामा मुसलधारे वर्षाबाट २ जनाको मृत्यु

काठमाडौँ-

दक्षिण कोरियामा मुसलधारे वर्षाले दुई जनाको मृत्यु भएको छ । १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको छ । आगामी दिनहरूमा थप वर्षा हुने अनुमान गरिएको आन्तरिक मन्त्रालयले जनाएको छ ।

बुधवार दिउँसो ग्योन्गी प्रान्तमा चलिरहेको सवारी साधनमा पर्खाल भत्किँदा ४० वर्षीय एक चालकको मृत्यु भएको थियो । बिहीवार बिहान दक्षिण चुङचियोङ प्रान्तमा बाढीले भरिएको सवारी साधन भित्रबाट ६० वर्षीय एक व्यक्तिको मृत्यु भयो ।

मुसलधारे वर्षाबाढ पीडित १ हजार ७० जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीवार बिहानसम्म १ हजार ४१ जना अस्थायी आश्रयस्थलमा रहेका छन् । मौसम एजेन्सीले शनिवारसम्म देशमा थप वर्षा हुने अनुमान गरेको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस