२०८३ आश्विन २० गते, मंगलवार ०३:३२

नेपाल आइडल विजेताद्वय करण र गङ्गाको  ‘राधिका’मा पहिलो सहकार्य

काठमाडौँ-

नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको  ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको  गीतमा  नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् ।

जसमा  मोडलद्धय  स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  लेखु सहयात्रीको सङ्गीतमा तयार गीत तयार गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।  पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो ।

निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस