२०८२ माघ २ गते, शुक्रबार १६:४४

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा: पाँच तत्कालीन मन्त्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौँ –

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा पाँच जना तत्कालीन मन्त्री मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ।

विपक्षी बनाइएका तत्कालीन मन्त्रीहरूमा भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटी रहेका छन्।

पोष्टबहादुर बोगटीको निधन भइसकेकाले उनको साटो उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ।

आयोगका अनुसार विमानस्थल निर्माण प्रक्रियामा अनियमितता, लागत बढोत्तरी र ठेक्का व्यवस्थापनमा गम्भीर त्रुटि भएको ठहर गर्दै कानुनी प्रक्रिया अघि बढाइएको हो। अब उक्त मुद्दा विशेष अदालतमा सुनुवाइका लागि पेस गरिनेछ।

पोडकास्ट सुन्नुहोस