२०८३ आश्विन २० गते, मंगलवार ०५:४६

मिराज समुहलाई प्रहरीले माइतीघरबाट हटायो

काठमाडौँ –

सरकारलाई दबाब दिन माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेन जेडहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ प्रशासनले माइतीघरमा उक्त समूहलाई प्रदर्शन गर्न अनुमति दिएको थिएन।

अनुमतिबिना नै प्रदर्शन गर्न गएपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको हो। सोही क्रममा केही जेन जेडहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई भ्यानमा राखेर सुरक्षित स्थानमा लगिएको छ।

मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ला प्रशासन काठमाडौँ गएको थियो। तर, उक्त समूहलाई प्रशासनले अनुमति दिएको थिएन। सर्वदलीय सरकार गठनको माग गर्दै उक्त समूहले आज प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस