२०८३ आश्विन २० गते, मंगलवार ०५:४६

निर्यात व्यापारमा नेपालको छलाङ, पाँच महिनामा ५८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं-

पछिल्लो पाँच महिनामा नेपालको निर्यात व्यापार ५८.१७ प्रतिशतले बढेको पाइएको छ । भन्सार विभागले सोमबार सावर्जनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को पहिलो पाँच महिनाको आयात निर्यातको तथ्यांक अनुसार गत आवको सोहि अवधिको तुलनामा नेपालको निर्यात व्यापार बढेको देखिएको हो ।

चालु आवको मंसीर महिनासम्म नेपालले कुल १ खर्ब १६ अर्ब ५० करोड ९० लाख रुपैयाँ भन्दा बढीको बस्तु निर्यात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजार रुपैयाँको मात्रै बस्तु निर्यात गरेको थियो ।

यस्तै, यस बिचमा नेपालको आयात व्यापारमा पनि सुधार भएको देखिएको छ । चालु आवको मंसीर सम्म नेपालले ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख रुपैयाँको बस्तु अयात गरेको छ । गत आवको सोहि अवधिमा नेपालले ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँको बस्तु आयात गरेको थियो । यो आयात गत आवको तुलनामा १५.८३ प्रतिशतले धेरै हो ।

विभागका अनुसार पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेर ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजार रुपैयाँ थियो ।

यसैगरी व्यापार घाटा भने १०.५२ प्रतिशतले बढेर ६ खर्ब ४६ अर्ब ६८ करोड १ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिको व्यापार घाटा भने ५ खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस