२०८३ आश्विन १२ गते, सोमबार २३:५६

धार्मिक आस्थाको सम्मान: जलाइएको सिर्सोप्तालाई हिन्दू युवाहरूले गरे मर्मत र पेन्ट

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नं. १ स्थित छठघाटमा केही दिनअघि मुस्लिम समुदायका व्यक्तिहरूद्वारा जलाएर विद्रूप पारिएको सिर्सोप्ता (छठी मैयाको प्रतिमा स्थल) लाई हिन्दू युवाहरूले आइतबार सरसफाइ गरी पुनः मर्मत गरेका छन्।

धार्मिक आस्थाको केन्द्रमाथि भएको प्रहारप्रति चासो देखाउँदै विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगरका सह-युवा प्रमुख राजन कुमार पटेल, इनर्वा गाउँका युवा संयोजक निरज कुमार यादव र छपकैया–१ का रञ्जित सराफको नेतृत्वमा युवाहरूको टोलीले उक्त स्थलको सरसफाइ गरेको हो।

टोलीले जलाइएको सिर्सोप्तालाई धोइपखाली गरी नयाँ पेन्ट (रङरोगन) गरेर पुरानै स्वरूपमा फर्काएको छ। सो अवसरमा बोल्दै युवा नेताहरूले धार्मिक संरचनामाथि हुने यस्ता उच्छृङ्खल र अपमानजनक कार्यले सामाजिक सद्भावमा खलल पुर्‍याउने भन्दै सबैलाई संयमित र मर्यादित हुन आग्रह गरे।

आफ्नो धर्म र संस्कृतिको रक्षाका लागि हिन्दू युवाहरू सधैँ सजग र तत्पर रहने उनीहरूले बताए। उक्त कार्यको स्थानीय बासिन्दाहरूले समेत प्रशंसा गरेका छन्।

प्रतिक्रिया

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोट्र्स डे सम्पन्न, टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

काठमाडौं- रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस

पोडकास्ट सुन्नुहोस