२०८३ आश्विन २० गते, मंगलवार ०५:४६

स्वतन्त्र उम्मेदवार राजेश्व साहले फिर्ता लिए उम्मेदवारी

वीरगन्ज –

पर्सा क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार राजेश्वर साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । आज स्वतन्त्र उम्मेदवार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।उम्मेदवारी फिर्ता लिने समयावधिभित्र स्वतन्त्र उम्मेदवार साहले निवेदन दिएर आफ्नो उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए ।

अब निर्वाचन कार्यालयले सबै क्षेत्रको उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।
सबै उम्मेदवारलाई आजै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता लिएका स्वतन्त्र उम्मेदवार साहले आफू कांग्रेस समर्थक रहेको र समन्वय नहुँदा उम्मेदवारी दिएको बताउँदै अब कांग्रेसका आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस