२०८३ बैशाख २१ गते, सोमबार २१:०१

पर्सामा पूर्वाधार विकास कार्यालयको बोर्डमा मोबिल छर्कने ठाकुर र पाण्डे पक्राउ

वीरगन्ज-

वीरगन्ज महानगरपालिका–२३ स्थित पूर्वाधार विकास कार्यालयको प्राङगणमा कार्यालय प्रमुखसँग विवाद गरी अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, २०८३ आइतबार  बिहान ०९:२० बजेको समयमा सोही कार्यालयका कर्मचारी राम प्रवेश यादवसँग विकास पूर्वाधारको योजनाको विषयलाई लिएर विवाद भएको थियो। सोही क्रममा कार्यालयको बोर्डमा मोबिल छर्किएर फरार रहेका व्यक्तिहरूको खोजीका लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाबारे दिउँसो २:३० बजे कार्यालय प्रमुखले टेलिफोनमार्फत जानकारी गराएलगत्तै प्रहरीले सक्रियतापूर्वक अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरूको पहिचान गर्दै प्रहरीले जिल्ला पर्सा वीरगन्ज महानगरपालिका–११ निवासी ३३ वर्षीय जयपुजन ठाकुर लोहार र १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डेलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षकका अनुसार पक्राउ परेका दुवै जनामाथि सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको कसुरमा थप अनुसन्धान भइरहेको छ। घटनापछि स्थानीय प्रशासन र प्रहरीले थप सतर्कता अपनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस