२०८३ आश्विन २४ गते, शनिबार १२:४७

भारतका चर्चित युट्युबर ध्रुव राठी प्रहरी हिरासतमा

काठमाडौं –

भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हिरासतमा लिएको छ। ककरोच जनता पार्टीको विरोध आह्वानका बीच शनिबार बिहान उनलाई हिरासतमा लिइएको हो।

ध्रुव राठीका निकट साथी र गुरुग्राम प्रहरीले उनलाई हिरासतमा लिइएको पुष्टि गरेको बीबीसीले जनाएको छ। राठीलाई गुरुग्रामको सेक्टर–५६ बाट हिरासतमा लिइएको थियो।

शुक्रबार राति ध्रुव राठीले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी दिल्लीको इन्डिया गेटअगाडि हिँडिरहेको देखिन्छन्।

भिडियोमा उनले आफू दिल्ली आइपुगेको र प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गराएको दाबी गरेका थिए। उनले विरोध प्रदर्शनका कारण धेरै रेल तथा बस सेवा रद्द गरिएको र दिल्लीमा लकडाउनजस्तो अवस्था सिर्जना गरिएको बताएका थिए।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै विरोध प्रदर्शनमा मानिसहरू सहभागी हुने डरले सरकारले यस्तो कदम चालेको आरोपसमेत लगाएका थिए।

यसैबीच, प्रदर्शनमा सहभागी हुन भेला भएका अन्य प्रदर्शनकारीलाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ।

स्रोतः बीबीसी

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस