२०८३ आश्विन १८ गते, आईतवार १२:०२

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज–

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा १० जनाभन्दा बढी नेताले उम्मेदवारी घोषणा गरेका छन्।

देशको आर्थिक राजधानी तथा विभिन्न राजनीतिक–सामाजिक आन्दोलनको उद्गमभूमिका रूपमा चिनिने पर्साबाट सहमहामन्त्री पदमा दुई जना र केन्द्रीय सदस्यका विभिन्न क्लस्टरमा सात जनाभन्दा बढी नेताले उम्मेदवारी घोषणा गरेका हुन्।

पर्सा क्षेत्र नम्बर २ बाट पटक–पटक प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका अजयकुमार द्विवेदीले मधेसी क्लस्टर तथा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका सुरेन्द्र चौधरीले थारू क्लस्टरबाट सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

त्यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका रमेशकुमार रिजाल र क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका अनिल रुगंटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेस पर्साका वरिष्ठ उपसभापति रामनारायण कुर्मीका अनुसार पर्सामा रहेर राजनीति गर्दै आएका १० जनाभन्दा बढी नेताले सामाजिक सञ्जालमार्फत विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

केन्द्रीय सदस्य पदका लागि कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री, रामरूप कुर्मी, राकेश सिंह, विजय सर्राफ, असर्फी साह र सहरुम राउत गद्दीलगायतका नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी घोषणा गरेको कुर्मीले जानकारी दिए।

उनका अनुसार गत प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका केही नेतासहित अन्य नेताले समेत उम्मेदवारी घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्नेको संख्या १० भन्दा बढी पुगे पनि औपचारिक रूपमा कति जनाले उम्मेदवारी दर्ता गराउने र महाधिवेशनको चुनावी प्रतिस्पर्धामा सहभागी हुने भन्ने कुरा भने असोज १९ गते उम्मेदवारी दर्तापछि मात्र स्पष्ट हुने वरिष्ठ उपसभापति कुर्मीले बताए।

प्रतिक्रिया

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट १० भन्दा बढी नेताको उम्मेदवारी घोषणा,सहमहामन्त्रीमा चौरसिया र चौधरी भिडने तयारीमा

वीरगन्ज– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साबाट केन्द्रीय समितिका विभिन्न पदमा

पोडकास्ट सुन्नुहोस