२०८३ जेष्ठ १ गते, शुक्रबार १२:२८

श्री बौद्धिमाई क्षेत्र विकास सञ्चालन समितिको साधारण सभा तथा अधिवेशन जेठ २ गते हुने

वीरगन्ज-

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित धार्मिक तथा ऐतिहासिक स्थल श्री बौद्धिमाई मन्दिर परिसरमा आगामी जेठ २ गते शनिबार विशेष साधारण सभा तथा अधिवेशन हुने भएको छ। श्री बौद्धिमाई क्षेत्र विकास सञ्चालन समितिले संस्थागत विकास र नयाँ कार्यसमिति चयनका लागि अधिवेशन आह्वान गरेको हो।

समितिले एक सूचना जारी गर्दै नयाँ कार्यसमिति चयन तथा संस्थागत विकासका भावी कार्यहरूका बारेमा विस्तृत छलफल गर्नुपर्ने भएकाले समितिको विधानबमोजिम आगामी अधिवेशनको मिति, समय र स्थान तय गरिएको जनाएको छ।

अधिवेशनको विवरण:

  • मिति: २०८३ जेठ २ गते, शनिबार
  • समय: बिहान ठीक ७:०० बजे
  • स्थान: श्री बौद्धिमाई मन्दिर परिसर (नगवा, वीरगन्ज)

छलफलका मुख्य बुँदाहरू (कार्यसूची):

१. अघिल्लो कार्यकालको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गर्ने सम्बन्धमा। २. नयाँ कार्यसमिति (नेतृत्व) चयन गर्ने सम्बन्धमा। ३. विविध विषयहरू।

समितिका अध्यक्षद्वारा जारी सूचनामा मन्दिरको विकास, पारदर्शी व्यवस्थापन र धार्मिक साखलाई अझ उँचो बनाउन यो अधिवेशन महत्त्वपूर्ण रहने उल्लेख छ। उक्त अधिवेशनमा समितिका सम्पूर्ण पदाधिकारीहरू, आजीवन सदस्यहरू, स्थानीय भक्तजन तथा सरोकारवाला महानुभावहरूलाई समयमै उपस्थित भई अमूल्य सुझाव दिनका लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस