२०८३ कार्तिक २५ गते, बुधबार २१:३०

सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु

सर्लाही –

सर्लाहीमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको रामनगर गाउँपालिका–६ मलघट्टाटोल निवासी रामानन्द रायकी श्रीमती करिब ५० वर्षीया मिथलेसिया देवीको शनिबार करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटरमा नुहाइरहेकी थिइन् । सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह भई उनको लागेको र घटनास्थलमै उनको मृत्यु भएको बताईएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

पार्टीको आधिकारिकता विवादमा १८ करोडको आर्थिक चलखेल भयो, निष्पक्ष छानबिन हुनुपर्छ: पूर्वप्रधानमन्त्री देउवा

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको

पोडकास्ट सुन्नुहोस