२०८३ जेष्ठ १७ गते, आईतवार १३:१४

वीरगन्जकोवीरगन्जको प्रसौनी बिर्तामा चौथो “प्रसौनी प्रिमियम लिग क्रिकेट” सुरु

वीरगन्ज

वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्तामा आइतबारदेखि चौथो संस्करणको “प्रसौनी प्रिमियम लिग २०८३” क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवाहरूमाझ खेलकुदको विकास गर्दै आपसी सद्भाव, अनुशासन तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय युवाहरूको सक्रियतामा प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिका वडा नम्बर २३ का वडा सदस्य लालबाबु यादवले गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ अग्रसर गराउने उल्लेख गर्दै यस्ता प्रतियोगिताले समाजमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले वडा कार्यालयले खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

वडा कार्यालयको सहयोगमा चार टोलीबीच प्रतिस्पर्धा

वीरगन्ज महानगरपालिका वडा नम्बर २३ को आर्थिक सहयोगमा सञ्चालन भएको यस प्रतियोगितामा चार वटा टोलीहरू सहभागी रहेका छन्। प्रतियोगितामा प्रसौनी लायन्स, रोयल्स च्यालेन्जर्स बैरिया, राइजिङ स्टार तथा सफु किंग्स सङ्घर्षरत रहने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक सुजित साहको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेकपा एमालेका नेता भोला यादव, नेपाली कांग्रेसका नेता धुरुप यादव, वडा सदस्य कान्ति देवी, युवा समाजसेवी फैयाज अंसारी लगायत स्थानीय अगुवा, खेलप्रेमी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले युवालाई दुर्व्यसनबाट टाढा राख्न तथा स्वस्थ समाज निर्माण गर्न खेलकुद सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभएको थियो।

फाइनल खेल २० ओभरको हुने, खेलहरू एक हप्ता चल्ने

प्रतियोगिताको नियम र बन्दोबस्तबारे जानकारी दिँदै संयोजक सुजित साहले फाइनल खेल बाहेक प्रतियोगिताका सबै खेलहरू १६ ओभरमा खेलाइने र फाइनल खेल भने २० ओभरको हुने जानकारी दिनुभयो। प्रतियोगितालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र आकर्षक बनाउन सम्पूर्ण तयारी पूरा गरिएको र यो खेल शृङ्खला एक हप्तासम्म सञ्चालन हुने साहले बताउनुभयो।

स्थानीय युवाहरूको उत्साहजनक सहभागितासँगै सुरु भएको यस प्रतियोगिताले क्षेत्रीय क्रिकेटको विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। उद्घाटन खेल अवलोकन गर्न स्थानीय दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण राकेश साहले गर्नुभएको थियो।

प्रतिक्रिया

सामाजिक सञ्जालकी चर्चित चेहरा तुल्सा अब प्रहरी हिरासतमा काठमाडौं –

सामाजिक सञ्जालकी चर्चित चेहरा तुल्सा अब प्रहरी हिरासतमा काठमाडौं –

रोचक

पोडकास्ट सुन्नुहोस