२०८३ जेष्ठ १८ गते, सोमबार १७:१५

सांसद दुलालको प्रश्न : सभापतिको भ्रमणको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति भारतलाई उपहार त होइन् ?


काठमाडौं –

नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले राष्ट्रहितमा असर पारेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति अनुभव, कूटनीतिक मर्यादा र जिम्मेवारीबोधको अभावको परिणाम भएको टिप्पणी गरे ।


उनले भने,‘सभामुखलाई समेत सरप्राइज दिएर प्रधानमन्त्री संसदमा आउनुभयो । आकस्मिक प्रश्नोउत्तरको रुपमा हामीले स्वीकार गरेर भाग लियौं । यसबाट नयाँ भन्ने मित्रहरुलाई गम्भीर शिक्षा मिलेको हुनुपर्छ कि राष्ट्रको प्रमुख पद जोशको मात्र पद होइन् । यो त होस, अनुभव, ज्ञान र जिम्मेवारबोधको पद हो । बहुमतले दिएको मूर्ख बल, अनुभवको अभाव र कुटनीतिक भाषाको महत्वको अनविज्ञता र स्टन्डशैलीको परकास्ट हिजो राज्यले ठूलो क्षति व्यहोर्नुपर्यो ।’
सांसद दुलालले सरकार समर्थक दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमाथि समेत प्रश्न उठाए ।
उनले भने,‘सरकारवादी दलका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडेर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन् ? गम्भीर संसय उत्पन्न भएको छ ।’

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस