२०८३ जेष्ठ २१ गते, बिहीबार ११:०२

मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना

काठमाडौं –

हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।

हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राती कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

प्रतिक्रिया

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

पोडकास्ट सुन्नुहोस