२०८३ जेष्ठ २१ गते, बिहीबार ११:०१

शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा परराष्ट्रमन्त्री खनाल भारत जाँदै

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फर्किए लगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा शनिबार तीनदिने औपचारिक भ्रमणका लागि खनाल दिल्ली जान लागेका हुन् ।

खनालले भारतीय विदेशमन्त्री जयशंकर, वाणिज्यमन्त्री पीयूष गोयल तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा कनेक्टिभिटी, सीमा विवाद, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व–पश्चिम रेलवे, जनकपुर–अयोध्या रेलमार्ग, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय उडान विस्तार तथा व्यापार–पारवहनसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

पोडकास्ट सुन्नुहोस