२०८३ जेष्ठ २१ गते, बिहीबार ११:०१

इरान–अमेरिका वार्ता संकटमा, रोकिएको सम्पत्ति फुकुवाको मागले बढायो तनाव

काठमाडौं –

संयुक्त राज्य अमेरिका र इरानबीच जारी कूटनीतिक वार्ता इरानले प्रारम्भिक चरणमै रोकिएको सम्पत्ति (फ्रोजन एसेट्स) फुकुवा गर्नुपर्ने अडान लिएपछि जटिल मोडमा पुगेको छ ।

द जेरुसेलम पोस्टका अनुसार इरानले अरबौं डलर बराबरको रोकिएको सम्पत्तिमध्ये नगद रकम सम्झौताको पहिलो चरणमै उपलब्ध गराउनुपर्ने माग राखेको छ । पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले सहमति खोज्ने प्रयास गरे पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।

इरानी वार्ताकारहरूले कुनै ठोस कदम चाल्नुअघि नै पहिलो चरणमा रकम फुकुवा हुनुपर्ने अडान कायम राखेका छन् । यता वाशिङ्टनले भने आणविक कार्यक्रम र होर्मुज जलमार्ग सम्बन्धी महत्वपूर्ण प्रगतिबिना कुनै आर्थिक सहुलियत नदिने स्पष्ट पारेको छ । यद्यपी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको दाबी गरेका छन् । ह्वाइट हाउसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सम्झौता हुने वा नहुनेबारे निश्चितता नभए पनि निकट भविष्यमा सहमति सम्भव रहेको बताए ।

ट्रम्पले इरानको समृद्ध युरेनियम भण्डारलाई अमेरिकाले आफ्नो नियन्त्रणमा लिन चाहेको पनि दोहो¥याए । उनका अनुसार उक्त सामग्री सुरक्षित रूपमा व्यवस्थापन गर्न सक्ने क्षमता अमेरिका र चीनसँग मात्र छ ।

क्षेत्रीय सुरक्षा अवस्था भने थप तनावपूर्ण बनेको छ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । अप्रिल ८ मा लागू भएको युद्धविरामपछि खाडी क्षेत्रमा भएको यो पहिलो घातक घटना हो ।

भारतको विदेश मन्त्रालयले मृतक भारतीय नागरिक रहेको पुष्टि गर्दै नागरिक पूर्वाधारमाथिको आक्रमणको निन्दा गरेको छ । कुवेती रक्षा मन्त्रालयका प्रवक्ता साउद अब्दुलअजिज अल–अतवानका अनुसार ३० वटा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रयोग गरी आक्रमण गरिएको थियो, जसबाट विमानस्थल भवनमा ठूलो भौतिक क्षति पुगेको छ । यद्यपि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । आईआरजीसीले अमेरिकी निर्मित प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीमा आएको खराबीका कारण क्षति भएको दाबी गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमण असफल बनाइएको जनाएको छ । सेन्टकमका अनुसार कुवेततर्फ प्रहार गरिएका दुई मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै निष्क्रिय भएका थिए भने बहराइनतर्फ लक्षित तीन मिसाइल अमेरिकी र बहराइनी सुरक्षाबलले अवरोध गरेका थिए । यसैबीच क्षेत्रीय तनावका बाबजुद अर्को कूटनीतिक मोर्चामा सकारात्मक प्रगति भएको छ । अमेरिकी मध्यस्थतामा भएको पछिल्लो वार्तापछि इजरायल र लेबनान युद्धविराम कार्यान्वयनमा सहमत भएका छन् ।

संयुक्त वक्तव्यअनुसार युद्धविराम पूर्ण रूपमा कार्यान्वयन हुन हिजबुल्लाहले सबै आक्रमण बन्द गर्नुपर्ने तथा दक्षिणी लेबनानबाट आफ्ना सबै लडाकु हटाउनुपर्ने सर्त राखिएको छ । यो सहमति लेबनानमा सम्भावित सैन्य कारबाहीबारे इजरायलले दिएको चेतावनीपछि आएको हो । इरान–अमेरिका वार्ता, खाडी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती र इजरायल–लेबनानबीचको युद्धविराम प्रयासले मध्यपूर्वको राजनीतिक तथा सुरक्षा अवस्थालाई थप संवेदनशील बनाएको विश्लेषण गरिएको छ । एएनआई

प्रतिक्रिया

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

पोडकास्ट सुन्नुहोस