२०८३ जेष्ठ २६ गते, मंगलवार ००:०८

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

आज (सोमबार) बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

आजको बौठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न हुने महामन्त्री बुर्लाकोटीले बताए ।

बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । 

छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन आमन्त्रण गरिएको बुर्लाकोटीले जानकारी दिए ।  

प्रतिक्रिया

निजी विद्यालय इतिहासमै पहिलो क्रान्तिकारी सुरुवात: साउथ जोनका १८२५ विद्यार्थीकै २४सै घण्टा स्वास्थ्य र दुर्घटना बीमा!

वीरगन्ज- पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको

पोडकास्ट सुन्नुहोस