२०८३ जेष्ठ २६ गते, मंगलवार १२:०९

रास्वपा पर्सामा सांसदहरूको ‘सिन्डिकेट’ ध्वस्त: हुलहुज्जत र गुटबन्दी अस्वीकृत, सभापतिमा हरि पन्त भारी मतले विजयी

वीरगन्ज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा सांसदहरूको ‘सिन्डिकेट’ र हुलहुज्जतको राजनीति पूर्ण रूपमा ध्वस्त भएको छ। निर्वाचन अघि मात्रै रास्वपामा प्रवेश गरेर सांसद बनेकाहरूको अस्वाभाविक गठबन्धन र दबाबलाई परास्त गर्दै पर्साका पुराना तथा निष्ठावान कार्यकर्ताका नेता हरि पन्त जिल्ला सभापतिमा पुन: निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अत्यन्तै तिक्ततापूर्ण र चुनौतीपूर्ण बनाइए पनि रास्वपाका सच्चा कार्यकर्ताहरूले पार्टीको संस्थापन पक्ष र संगठन निर्माणमा रगत-पसिना बगाएका हरि पन्तको प्यानललाई नै रोजेका छन्।

पार्टीभित्र गुटबन्दी सिर्जना गरी कब्जा गर्ने नियतका साथ पर्साका सांसदहरू सुशील साह कानु, रामाकान्त चौरसिया र टेक बहादुर शाक्यले एउटै स्वार्थको गठबन्धन बनाएका थिए। उक्त समूहबाट सभापतिका उम्मेदवार बनेका सांसद सुशील साह कानुलाई रास्वपाका इमानदार मतदाताले मतमार्फत ठूलो झापड दिएका छन्।

निर्वाचनका हरेक प्रक्रियामा अत्तो थाप्ने, भौतिक उपस्थिति देखाएर दबाब सिर्जना गर्ने र हुलहुज्जत, आतङ्क एवं मारपीटको सहारा लिएर नेतृत्व हत्याउन खोज्ने यो समूहको गैर-राजनीतिक कार्यशैलीलाई रास्वपाका सचेत कार्यकर्ताले पूर्ण रूपमा अस्वीकृत गरिदिएका छन्। यस परिणामले रास्वपामा हुलहुज्जत र शक्तिको आडमा कसैले नेतृत्व स्थापित गर्न सक्दैन भन्ने स्पष्ट र कडा सन्देश दिएको छ।

पन्तको प्यानलद्वारा क्लिन स्वीप: प्रमुख पदमा ऐतिहासिक वर्चस्व

निर्वाचन समितिका संयोजक नन्दन यादवका अनुसार सभापति पदमा हरि पन्तले १६६ मत प्राप्त गर्दै सानदार जित दर्ता गराएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एवं सांसद सुशीलकुमार कानुले मात्र ११८ मत पाए। पन्तले कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

पन्त समूहको लहर यति बलियो देखियो कि कार्यसमितिका सबै प्रमुख पदहरूमा संस्थापन पक्षले ‘क्लिन स्वीप’ गरेको छ:

  • उपसभापति: पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए भने प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मतमा चित्त बुझाए।
  • सचिव: सुदिशकुमार प्रजापति १६० मत ल्याएर निर्वाचित हुँदा पराजित शिवकुमार साहले ११६ मत मात्र पाए।
  • सहसचिव: कृष्णा पासवान १४९ मतसहित विजयी बन्दा विपक्षी निरजकुमार साह ११३ मतमा सीमित भए।

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारीले सर्वाधिक १६० मत प्राप्त गर्दै अधिवेशनकै सबैभन्दा लोकप्रिय उम्मेदवार बनिन्। सदस्यहरूमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि भारी मतका साथ निर्वाचित भएका छन्।

पार्टी बनाउनेकै जीत: हरि पन्त

निर्वाचन परिणामसँगै रास्वपा पर्सामा अवसरवादी र नवप्रवेशी सांसदहरूको घमण्ड तोडिएको छ र पुराना नेतृत्व एवं इमानदार कार्यकर्ताको पूर्ण वर्चस्व स्थापित भएको छ।

ऐतिहासिक जितपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नवनिर्वाचित सभापति एवं पर्सा क्षेत्र नं. १ का सांसद हरि पन्तले आफूलाई ४८ मतको मतान्तरले विजयी गराउने सम्पूर्ण प्रतिनिधिहरू, केन्द्रीय संगठन विभाग, निर्वाचन समिति एवं शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेका छन्। मतदाताहरूले निर्वाचनमार्फत पार्टी निर्माणमा अहोरात्र खट्ने पक्षले नै रास्वपाको साख र मर्यादा जोगाउन सक्छ भन्ने अटुट विश्वास पुनः प्रमाणित गरिदिएका छन्।

प्रतिक्रिया

रास्वपा पर्सामा सांसदहरूको ‘सिन्डिकेट’ ध्वस्त: हुलहुज्जत र गुटबन्दी अस्वीकृत, सभापतिमा हरि पन्त भारी मतले विजयी

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा

रास्वपा पर्सामा सांसदहरूको ‘सिन्डिकेट’ ध्वस्त: हुलहुज्जत र गुटबन्दी अस्वीकृत, सभापतिमा हरि पन्त भारी मतले विजयी

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा

पोडकास्ट सुन्नुहोस