२०८३ जेष्ठ २६ गते, मंगलवार १७:५७

रास्वपा पर्सा क्षेत्र नं. ४ को निर्वाचन परिणाम सार्वजनिक: संयोजकमा जितेन्द्र मिश्र विजयी

वीरगन्ज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको प्रथम जिल्ला अधिवेशन अन्तर्गत निर्वाचन क्षेत्र नं. ४ को मतपरिणाम सार्वजनिक भएको छ। जेठ २५ गते सम्पन्न मतदानको गणनाअनुसार क्षेत्र नं. ४ को नेतृत्वका लागि भएको भिडन्तमा संस्थापन पक्षका उम्मेदवारहरूले बाजी मारेका छन्।

निर्वाचन समितिका अनुसार क्षेत्र नं. ४ को संयोजक पदमा जितेन्द्र कुमार मिश्रा ५२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी जगदिश प्रसादले १८ मत मात्र प्राप्त गर्नुभयो।

त्यस्तै, उपसंयोजक पदमा हरिनारायण प्रसाद यादव ६९ मत र प्रवेज अहमद ३८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। उपसंयोजककै अन्य उम्मेदवारहरू प्रद्युम्न कुमार गौतमले ३६ मत र रामनाथ प्रसाद चौरसियाले १५ मत प्राप्त गर्नुभएको थियो।

सदस्य पदका उम्मेदवारहरूले प्राप्त गरेको मत विवरण निम्न अनुसार रहेको छ:

  • पवन कुमार पटेल – १९ मत
  • रुपेश यादव – २५ मत
  • विकी कुमार यादव – ३९ मत
  • अमरेश पाण्डे – ३४ मत
  • दिपेन्द्र दास तत्मा – ३९ मत

निर्वाचन परिणाम अनुसार सदस्य पदमा विकी कुमार यादव र दिपेन्द्र दास तत्माको बराबर ३९/३९ मत आएपछि आपसी छलफल र समझदारी गरिएको छ। विशेष नोटका अनुसार दुवै पक्षबीचको आपसी सहमति र सर्वसम्मतिबाट विकी कुमार यादवलाई सदस्य पदमा निर्वाचित घोषणा गरिएको छ।

उक्त निर्वाचन परिणामको प्रतिलिपिमा निर्वाचन समितिका संयोजक डी. नन्दन यादवका साथै मतगणना प्रतिनिधिहरू जितेन्द्र कुमार मिश्र, विकी यादव, प्रद्युम्न कुमार गौतम, रुपेश यादव, देव कुमारी कँडेल (सवि), प्रदिप कुमार पटेल, जगदिश प्रसाद, रामनाथ प्रसाद चौरसिया र पवन कुमार पटेलले हस्ताक्षर गर्नुभएको छ।

यस क्षेत्रको नतिजा आएसँगै रास्वपा पर्साको नयाँ कार्यसमितिमा संस्थापन पक्षको वर्चस्व अझ बलियो देखिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस