२०८३ जेष्ठ २६ गते, मंगलवार २१:२३

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा चर्चित र रहस्यमय मानिएको ‘दरबार हत्याकाण्ड’ को फाइल खोल्ने निर्णय गर्नुभएको छ। मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले सो निर्णयमा हस्ताक्षर गर्नुभएको हो।

पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे हालसम्म प्राप्त भएका सबै प्रतिवेदनहरूको सुक्ष्म अध्ययन गरिने र त्यसकै आधारमा थप अनुसन्धान प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो।

जेनजी (Gen Z) आन्दोलनको मुद्दा फिर्ता लिने तयारी

गृहमन्त्री गुरुङले युवाहरूको ‘जेनजी आन्दोलन’ का क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा समेत अध्ययन अगाडि बढाउने अर्को महत्त्वपुर्ण निर्णय गर्नुभएको छ। आन्दोलनका क्रममा पक्राउ परेका वा मुद्दा चलाइएका युवाहरूलाई राहत दिने उद्देश्यले कानुनसम्मत रूपमा मुद्दा फिर्ता लिन सकिने सम्भाव्यताबारे मन्त्रालयले अध्ययन थाल्ने उहाँले बताउनुभयो।

छानबिनमा रहेका हरेक फाइल खोलिने

आफ्नो कार्यकालमा सुशासन र कानुनी राज्यको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले विगतमा विभिन्न कारणले रोकिएका वा छानबिनकै क्रममा रहेका भ्रष्टाचार तथा अनियमितताका हरेक फाइलहरू पालैपालो खोलिने स्पष्ट पार्नुभएको छ।

छानबिन समितिबाट ‘क्लिन चिट’ पाएर आजै दोस्रो पटक गृहमन्त्रीको शपथ लिनुभएका गुरुङको यो आक्रामक सुरुवातलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

गृहमन्त्री सुधन गुरुङको पहिलो निर्णय: दरबार हत्याकाण्डको फाइल खोलिने, जेनजी आन्दोलनको मुद्दा फिर्ता लिन अध्ययन गरिने

काठमाडौँ–नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेलगत्तै मुलुकको इतिहासकै सबैभन्दा

पोडकास्ट सुन्नुहोस