२०८३ श्रावण २८ गते, बिहीबार ०४:४८

पर्साको जगरनाथपुरबाट एक सय केजी गाँजा बरामद, ओसारपसार गर्नेको खोजी तीव्र

PIC(AI)

वीरगन्ज

जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पर्साको जगरनाथपुरबाट ठुलो परिमाणमा प्रतिबन्धित लागूऔधष गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले शनिबार जगरनाथपुर गाउँपालिका वडा नं. ३ मुरैया चोकस्थित खेतबाट सो गाँजा बरामद गरेको हो ।

प्रहरीका अनुसार खेतमा पाँच वटा चामलको बोराभित्र लुकाईछिपाई राखेको अवस्थामा कुल १ सय केजी लागूऔषध गाँजा फेला परेको थियो । शङ्कास्पद रूपमा राखिएका ती बोराहरू जाँच गर्दा गाँजा पुष्टि भएपछि प्रहरीले रीतपूर्वक बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार बरामद गरिएको उक्त लागूऔषध गाँजा ओसारपसार र भण्डारणमा संलग्न व्यक्तिहरूको पहिचान खुलिसकेको छैन । प्रहरीले उक्त घटनासँग सम्बन्धित फरार व्यक्तिहरूको खोजी कार्य तीव्र बनाउनुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस