२०८३ श्रावण २८ गते, बिहीबार ०४:४८

ग्रामीण भेगबाट एक क्विन्टल गाँजा बरामद

वीरगन्ज –

पर्साको ग्रामीण क्षेत्रमा प्रहरीले एक क्विन्टल प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ।

पर्साको जगरनाथपुर गाउँपालिका–३, मुरैया चोकस्थित खेतबाट प्रहरीले गाँजा बरामद गरेको हो।

खेतमा गाँजा राखिएको भन्ने पूर्वसूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले गरेको कारबाहीका क्रममा पाँच वटा चामलको बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।

उहाँका अनुसार बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस