२०८३ श्रावण २८ गते, बिहीबार ०३:०५

मधेसका अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिने

जनकपुरधाम –

प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्‌मा आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनले बिरामीलाई समयमै एम्बुलेन्स सेवा उपलब्ध गराउन एम्बुलेन्सहरूमा जीपीएस जडान गरिने व्यवस्था मिलाइने समेत जानकारी दिए। त्यसैगरी प्रदेशभरिका महिलाहरूका लागि स्तन क्यान्सर तथा पाठेघरको आङ खस्ने समस्यालाई लक्षित गर्दै निःशुल्क शिविर सञ्चालन गरिने उनले बताए ।

बेटी पढाउ, बचाउ कार्यक्रमलाई परिमार्जित गरी ‘शिक्षित छोरी, सुरक्षित मधेस, उद्यमशील नारी, समृद्ध प्रदेश’ सङ्कल्पका साथ महिलाहरूलाई प्राविधिक सीप सिकाउन सहुलियतपूर्ण ऋण उपलब्ध गराइने मन्त्री भट्टराईले बताए ।

यसका लागि मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस