२०८३ श्रावण २८ गते, बिहीबार ०४:५७

काठमाडौं महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने : असार ५ गते शुभारम्भ 

काठमाडौं –

काठमाडौं महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिवार टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ । सार्वजनिक स्थल, पार्क, डवली, चोकहरुमा सर्ट फिल्म प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम हुनेछन् ।

आज महानगरपालिकाले महोत्सवका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको संकेत चिन्ह (लोगो) सार्वजनिक गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले यस सम्बन्धी जानकारी दिएकी हुन् । 

‘समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको हो । नियमित रुपमा फिल्म महोत्सव आयोजना गर्ने निफ, किम्फ, मानव अधिकार फिल्म फेस्टिभल लगायत कार्यक्रमका आयोजक, चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्था र पेशाकर्मीसँगको सहकार्यमा महोत्सव आयोजना हुनेछ ।’ डंगोलले भनिन्, ‘महानगरपालिकाले आउँदो आर्थिक वर्षमा आयोजना गर्ने लक्ष्य राखेको अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म पुग्ने गरी टोलटोलमा फिल्म महोत्सवको कार्यक्रम आयोजना गरिएको हो ।’ 

महोत्सव असार महिनामा ८ ठाउँमा आयोजना हुनेछ । जुन ठाउँमा कार्यक्रम आयोजना हुने हो, त्यही ठाउँको स्थानीय संस्थालाई व्यवस्थापनको जिम्मेवारी दिइनेछ । यसका लागि सार्वजनिक सूचनाबाट ८ वटा संस्था सूचीकृत र ३ वटा संस्थालाई वैकल्पिक सूचीमा छनोट गरिएको छ ।

पत्रकार भेटघाटमा प्रवक्ता नविन मानन्धरले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने महोत्सवको मुख्य उद्देश्य रहेको बताए । 

प्रवक्ता मानन्धरका अनुसार महानगरले २०८० कार्तिक १४ गते युनेस्को क्रियटिभ सिटीज नेटवर्कमा फिल्म विधाबाट सदस्यता प्राप्त गरेपछि रचनात्मक उद्यमसँग जोडेर फिल्मसँग सम्बन्धित काम थालिएको हो । 

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस