काठमाडौँ –
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बेलुका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो। मंगलबार अख्तियारले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक रहेको भन्दै विशेष अदालतमा उपस्थित गराएको हो।
विशेष अदालतले सोमबारदेखि नै लागू हुने गरी दुवै अधिकारीहरूलाई चार दिन हिरासतमा राखी अनुसन्धान अगाडि बढाउन अख्तियारलाई अनुमति दिएको छ। उनीहरूमाथि लागेको आरोपबारे अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।











