२०८३ श्रावण २८ गते, बिहीबार ०१:४१

विशेष अदालतको फैसला: डा. चौरसियालाई भ्रष्टाचार मुद्दामा कैद, पूर्वस्वास्थ्य सचिव मिश्रसहित आठ जनालाई सफाइ

काठमाडौँ

विशेष अदालतले स्वास्थ्य मन्त्रालयमा कार्यरत डा. सुरेन्द्र प्रसाद चौरसियालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ भने अर्को एक खरिद प्रकरणमा मुछिएकी पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रसहित आठ जनालाई सफाइ दिएको छ। अदालतले सोमबार यी दुई छुट्टाछुट्टै मुद्दामा फैसला सुनाएको हो।

अदालतको फैसलाअनुसार डा. चौरसियालाई चार महिना कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। चौरसियासँगै श्रवण कुमार थापा, आशिष चौहान, पद्मा मिश्र, संजय कुमार साह तथा म्याक्सिम ट्रेडर्सका सञ्चालकलाई पनि अदालतले दोषी ठहर गरेको छ। दोषी ठहर भएकाहरूबाट कुल ५ लाख ४७ हजार ८ सय १७ रुपैयाँ बिगो असुल गर्ने फैसलामा उल्लेख छ।

सरकारी सेवामा प्रवेश गर्नुअघि डा. चौरसिया नेपाल सद्भावना पार्टीको राजनीतिमा सक्रिय थिए। उनले २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी समेत दिएका थिए।

यसैगरी, स्वास्थ्य सेवा विभागको म्यामोग्राफी मेसिन खरिदसम्बन्धी अर्को एक भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वस्वास्थ्य सचिव डा. संगीता मिश्रलाई सफाइ दिएको छ। डा. मिश्रसँगै विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दीपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले पनि आरोपबाट सफाइ पाएका छन्।

स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा उक्त खरिद प्रक्रियामा अनियमितता गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मिश्रसहितका अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेको थियो। तर, अदालतले उनीहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिने फैसला सुनाएको हो।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस