२०८३ असार ३ गते, बुधबार १७:२४

सरकार संसदप्रति उत्तरदायी नभएको सांसद शर्माको आरोप 

 काठमाडौं –

नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकार संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् ।

उनले संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै उक्त संवैधानिक व्यवस्थाको पालना सरकारले नगरेको दाबी गरे ।

‘हाम्रो संविधानको धारा ७६(१०) ले सरकारलाई संसदप्रति उत्तरदायित्व उल्लेख गरेको छ । संविधानप्रति उत्तरदायी हुने र जवाफदेही हुने सरकारको कर्तव्यलाई पालना गर्नुको सट्टा सरकारले संसदको हुर्मत लिने गरी काम गरिरहेको छ,’ उनले भने ।

सांसद शर्माले सरकारका गतिविधिका विषयमा आफूहरूले पटक–पटक संसदमा प्रश्न उठाउँदै आएको पनि बताए । उनले पछिल्लो सन्दर्भमा प्रधानमन्त्रीले संसदको रोष्ट्रम प्रयोग गरेर देशको सीमाबारे दिएको अभिव्यक्ति गलत भएको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने आवश्यकता रहेको बताए ।

‘यस सन्दर्भमा हामीले पटक पटक संसदमा कुरा उठाएका छौं । पछिल्लो सन्दर्भमा संसदको रोष्ट्रम प्रयोग गरेर प्रधानमन्त्रीले देशको सिमाबारे दिएको गलत अभिव्यक्ति सच्याउन आवश्यक छ,’ उनले भने ।

उनले सभामुखले उक्त विषयमा रुलिङ नगरेको र सरकार पनि संसदमा आएर स्पष्ट जवाफ दिन नआएको भन्दै आपत्ति जनाए । ‘न सभामुखले रुलिङ गर्नुहुन्छ, न सरकार जवाफदेही भएर संसदमा आएर जवाफ दिन्छ,’ उनले भने ।

प्रतिक्रिया

पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघको दबाब, कार्यवाहक नगरप्रमुखलाई पाँचबुँदे मागपत्र

वीरगन्ज– सञ्चारकर्मीहरूको लोककल्याणकारी विज्ञापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न माग गर्दै आज

पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघको दबाब, कार्यवाहक नगरप्रमुखलाई पाँचबुँदे मागपत्र

वीरगन्ज– सञ्चारकर्मीहरूको लोककल्याणकारी विज्ञापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न माग गर्दै आज

पोडकास्ट सुन्नुहोस