२०८३ श्रावण २८ गते, बिहीबार ०३:३७

सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना पक्राउ

सर्लाही –

सर्लाही प्रहरीले स्रोत नखुलेको ३२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः०० बजे मलंगवा नगरपालिका – १० स्थित डिम पुल क्षेत्रमा विशेष चेकजाँचका क्रममा मप्र ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालकसँग रहेको स्रोत नखुलेको नेपाली नगद रु. ३२ लाख फेला परेको हो ।

घटनामा संलग्न रहेको आरोपमा सर्लाही रामनगर गाउँपालिका – ३ निवासी २८ वर्षीय गुडुकुमार यादव र रामनगर गाउँपालिका – १ निवासी २४ वर्षीय रुपेश कुमार यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहिका प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट ३२ लाख रुपैयाँ नगद, दुई वटा मोटरसाइकल, ओप्पो रेनो एघार र स्यामसुंग ग्यालेक्सी एम् ३६ मोबाइल फोनसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनामाथि हुण्डी मुद्दामा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस