२०८३ श्रावण २८ गते, बिहीबार ०३:५०

कोशीबाट मनसुन सक्रिय, मधेस प्रदेशमा अझै आंशिक बदली

वीरगन्ज

देशको पूर्वी भेगबाट मनसुन क्रमशः सक्रिय बन्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिन थालेको छ भने मधेस प्रदेशसहित देशका अधिकांश भूभागमा अझै पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको छ।

महाशाखाले आज कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

यता मधेस प्रदेशमा भने मनसुनको प्रभाव अझै पूर्ण रूपमा नपुगेकाले आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ। दिनभर अत्यधिक गर्मी महसुस हुने तथा केही स्थानमा तापक्रम उच्च रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। मधेसका एक–दुई स्थानमा साँझतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना भए पनि व्यापक वर्षाको सम्भावना तत्काल नरहेको जनाइएको छ।

हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको जोखिम कायमै रहेको छ।

रातिको समयमा पनि कोशी प्रदेशमा मनसुन सक्रिय रहने अनुमान गरिएको छ। कोशीका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै मौसमसम्बन्धी अद्यावधिक सूचनामा नियमित रूपमा ध्यान दिन पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस