२०८३ श्रावण २८ गते, बिहीबार ०३:५०

योगलाई केवल शारीरिक अभ्यास नभई जीवनपद्धतिको रूपमा ग्रहण गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं –

राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई केवल शारीरिक अभ्यास मात्र नभई वैज्ञानिक र अनुशासित जीवनशैलीका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् । 

१२औँ विश्व योग दिवसका अवसरमा शुभकाना दिँदै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलले योगलाई राष्ट्रिय नीति, शैक्षिक पाठ्यक्रम तथा जनस्वास्थ्यका कार्यक्रमहरूसँग अझ प्रभावकारी रूपमा जोड्न आवश्यक रहेको बताए ।

योग शरीर, मन र आत्मालाई एकसूत्रमा बाँध्ने समग्र जीवनपद्धति भएको बताउदै उनले ध्यान, प्राणायाम तथा शारीरिक आसनहरूको संयोजनले व्यक्तिको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने बताए । 

योग अभ्यासले तनाव कम गरी सकारात्मक ऊर्जा प्रदान गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, पाचन प्रणाली सुदृढ बनाउने तथा मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गरे । 

नेपाल योगको प्राचीन भूमि भएको विभिन्न अध्ययन, अनुसन्धान तथा ऐतिहासिक प्रमाणहरूले पुष्टि गर्दै आएको उल्लेख गरे ।

उनले आधुनिक जीवनशैली, बढ्दो तनाव, प्रदूषण र तीव्र प्रतिस्पर्धाका कारण मानव जीवन जटिल बन्दै गइरहेको वर्तमान अवस्थामा योगलाई दैनिक जीवनको अभिन्न अंग बनाउन सके स्वस्थ, सरल र सन्तुलित जीवनयापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस