२०८३ श्रावण २८ गते, बिहीबार ०२:४६

कतारमा भीषण विस्फोट, ५४ जना घाइते, १८ जना बेपत्ता

काठमाडौं –

कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, घटनापछि कतार इन्टरनेशनल सर्च एण्ड रेस्क्यु समूह (लख्विया) तथा सिभिल डिफेन्स टोलीहरू खोज तथा उद्धार कार्यमा निरन्तर खटिएका छन् । घटनापछि सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरिएको प्रारम्भिक सूचनामा मन्त्रालयले औद्योगिक क्षेत्रमा रहेको कारखानामा प्राविधिक समस्या हुँदा आन्तरिक विस्फोट र आगलागी भएको जनाएको थियो ।

पछि गरिएको अद्यावधिक विवरणमा घाइतेको संख्या बढेर ५४ पुगेको पुष्टि गरिएको छ भने बेपत्ताहरूको खोजी कार्य जारी रहेको उल्लेख छ ।

कतार ऊर्जा कम्पनीका अनुसार, बार्जान स्थानीय ग्यास आपूर्ति सुविधामा सञ्चालन सुरु गर्ने क्रममा प्राविधिक समस्या आएपछि विस्फोट र आगलागी भएको हो । उक्त घटना आइतबार साँझ भएको बताइएको छ । कम्पनीले आपतकालीन प्रतिक्रिया टोली तत्काल परिचालन गरी आगो नियन्त्रणमा लिइएको र अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ । अधिकारीहरूले घटनाबाट कुनै पनि ग्यास चुहावट वा सार्वजनिक सुरक्षामा खतरा नरहेको स्पष्ट पारेका छन् । साथै घटनाको विस्तृत अनुसन्धान भइरहेको पनि जनाइएको छ । एएनआई

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस