२०८३ श्रावण २८ गते, बिहीबार ००:४९

सर्वोच्चबाट राजेशमानलाई तत्काल राहत भएननिलम्बित मेयर पदमा फर्किने प्रयास असफल

वीरगन्ज –

नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका वीरगन्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहले सर्वोच्च अदालतबाट तत्काल राहत पाउने प्रयासमा असफल भएका छन्।

मंगलबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सिंहको मागअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै विपक्षी पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ। अब यस विषयमा थप सुनुवाइ असार १५ गते हुने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ६ जनाविरुद्ध नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए। निलम्बन फुकुवा गरी पुनः मेयरको जिम्मेवारी सम्हाल्न पाउनुपर्ने माग गर्दै सिंह सर्वोच्च पुगेका थिए।

सर्वोच्चको आदेशसँगै सिंह तत्काल पदमा फर्किने सम्भावना टरेको छ। नागरिकता दिलाउन झुट्टा विवरण प्रयोग गरिएको, कागजात हेरफेर तथा प्रमाण नष्ट गरिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस