२०८३ असार १० गते, बुधबार १९:४२

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज

मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भावका साथ सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, पर्सामा एक महत्त्वपूर्ण सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बुधबार बसेकाे उक्त बैठकमा पर्वको सुरक्षा र व्यवस्थापकीय जिम्मेवारीलाई लिएर महत्त्वपूर्ण बहस भएको छ।

हनुमान जयन्तीको नजिर प्रस्तुत गर्दै हिन्दू पक्षको कडा अडान

बैठकमा आफ्ना धारणा राख्दै हिन्दु पक्षले संस्थागत जिम्मेवारी र जवाफदेहिताको विषयमा कडा अडान प्रस्तुत गर्नुभएको थियो। यसभन्दा अघि हिन्दु समुदायले हनुमान जयन्ती मनाउने समयमा आधिकारिक पत्रमार्फत जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरेको र कार्यक्रमको सम्पूर्ण सुरक्षा एवं व्यवस्थापकीय जिम्मेवारी आफूहरूले नै बोकेको नजिर बैठकमा हिन्दू पक्षले प्रस्तुत गरेको थियो।

सोही परिपाटी र नियमलाई स्मरण गराउँदै शाहले मुस्लिम समुदायको मोहरम पर्वमा पनि कार्यक्रम गर्ने आयोजक संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने अडान राख्नुभयो। साथै, सो दिन हुने सम्पूर्ण कार्यक्रम, र्‍याली र त्यसको सुरक्षा एवं अनुशासनको पूर्ण जिम्मेवारी आयोजक संस्थाले नै लिनुपर्ने माग हिन्दू पक्षले जोडदार रूपमा प्रस्तुत गरेको थियो ।

भोलि नै पत्र दर्ता गराउन प्रमुख जिल्ला अधिकारीको निर्देशन

हिन्दू पक्षको तार्किक अडान र मागपछि प्रमुख जिल्ला अधिकारी भोला दाहालले सो विषयलाई गम्भीरतापूर्वक लिँदै मुस्लिम समाजका प्रतिनिधिहरूलाई भोलि (बिहीबार) नै आयोजक संस्थाको आधिकारिक पत्र जिल्ला प्रशासन कार्यालयमा दर्ता गराउन निर्देशन दिनुभएको छ।

प्रजिअ दाहालले आयोजकको आधिकारिक पत्र प्राप्त भइसकेपछि तत्कालै ‘जिल्ला सुरक्षा समिति’ को बैठक बस्ने र सोही पत्रका आधारमा मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तयार गरिने स्पष्ट पार्नुभयो।

पर्व व्यवस्थापनका लागि जारी ९ बुँदे आचारसंहिता

यसैबीच, बैठकले मोहरम पर्वलाई अनुशासित र सामाजिक सद्भाव बिगर्न नदिने गरी सम्पन्न गर्न ९ बुँदे कडा आचारसंहिता समेत जारी गरेको छ।

  • रुट र समयको पाबन्दी: पर्वका अवसरमा निकालिने र्‍याली तथा शोभायात्रा स्थानीय प्रशासनले तोकेको रुट, मिति र समय तालिका बमोजिम मात्र सञ्चालन गर्नु पर्नेछ।
  • हतियार र ध्वनिमा पूर्ण रोक: र्‍यालीको क्रममा कुनै पनि प्रकारका घरेलु वा अन्य हातहतियार एवं भाँठाको प्रदर्शन गर्न पाइने छैन। साथै, समाजमा अशान्ति फैलाउने खालका उच्च ध्वनि उत्पन्न गर्ने उपकरणहरू बजाउन निषेध गरिएको छ।
  • धार्मिक सद्भावको संरक्षण: चाडपर्व मनाउने क्रममा अन्य कुनै पनि धार्मिक समुदायको भावना, आस्था तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने खालका गतिविधि गर्न पाइने छैन।
  • पूर्व जानकारी अनिवार्य: प्रत्येक र्‍याली वा झाँकीको नेतृत्व गर्ने जिम्मेवार व्यक्तिले आफ्नो नाम, थर, सम्पर्क नम्बरसहितको पूर्ण विवरण कम्तीमा एक दिन अगावै जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेछ।
  • विवादास्पद सामग्रीमा प्रतिबन्ध: धार्मिक तथा सामाजिक सहिष्णुतामा खलल पुग्ने गरी अर्को देशको झण्डा वा विवादित छाप अङ्कित टिसर्ट लगायतका सामग्रीहरूको प्रयोग गर्न पाइने छैन।
  • सामाजिक सञ्जालमा निगरानी: दुई समुदायबीच आपसी वैमनस्यता वा भ्रम फैलाउने खालका उत्तेजक पोस्ट, तस्बिर वा भिडियोहरू सामाजिक सञ्जालमा शेयर नगर्न सचेत गराइएको छ।

सुरक्षा र समन्वयका लागि प्रतिनिधि चयन

पर्वको अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त राख्न र तत्काल देखापर्ने समस्या सुल्झाउन दुवै समुदायका तर्फबाट जिम्मेवार संयोजकहरू चयन गरिएको छ। निर्णय अनुसार मुस्लिम समुदायको तर्फबाट महबुब अलि (शेरु आलम) र हिन्दु समुदायको तर्फबाट रंजीत शाहले पर्व अवधिभर सुरक्षा निकायका पदाधिकारीहरूसँगै रहेर प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी पाउनुभएको छ। यस निर्णयमा कार्यक्रम गर्ने आयोजक संस्थाको आधिकारिक पत्र अनिवार्य रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भए मात्र आफुहरु लाई मान्यहुने रंजीत शाहले अडान राख्नु भयो ।

नागरिक तथा सञ्चार क्षेत्रबाट हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियार, धार्मिक अगुवा मौलाना अलि अक्बर मदनि, कृष्ण कुमार साह, ओम बाबु यादव, एस्मुहीन अन्सारी, अनवर हुसेन र शाशिकपुर मियाँ लगायतको उपस्थिति रहेको थियो। बैठकको अन्त्यमा उपस्थित सबै पक्षले वीरगन्जको धार्मिक तथा सामाजिक सहिष्णुतालाई अक्षुण्ण राख्दै मोहरम पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस