२०८३ श्रावण २८ गते, बिहीबार ०३:५०

रौतहटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक गम्भीर घाइते

रौतहट –

रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर टोलस्थित भित्री सडक खण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । 

दुर्घटनामा मोटरसाइकल पछाडि सवार चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि चपुर हस्पिटल पु¥याइएकोमा चिकित्सकले बुधबार बेलुकी ७ः५५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा राखिएको छ ।

यस्तै दुर्घटनामा परि मोटरसाइकल चालक सोही ठाउँका अन्दाजी २३ वर्षीय आमोद चौधरी गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र चपुर हस्पिटलमै उपचार भइरहेको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हरि नगरबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) रामेश्वर महतोको कमान्डमा टोली घटनास्थल खटिएको थियो ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी हरिनगरले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस