२०८३ श्रावण २८ गते, बिहीबार ०३:५१

फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

काठमाडौं –

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । फिफा काउन्सिलको ब्युरोले एन्फामाथि फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बनको निर्णय गरेको हो । फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको र यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको छ ।

फिफाले एन्फाको गतिविधिमा बाह्य हस्तक्षेप भएको भन्दै उक्त हस्तक्षेपलाई फुटबल संघको स्वतन्त्रता र स्वायत्तताविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ । फिफा विधानअनुसार सदस्य संघहरूले आफ्ना कामकारबाही स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

निलम्बनसँगै एन्फा र यसअन्तर्गतका राष्ट्रिय टोली तथा क्लबहरू फिफा र एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय गतिविधिमा सहभागी हुन नपाउने सम्भावना रहेको छ । साथै, फिफाबाट प्राप्त हुने प्राविधिक तथा आर्थिक सहयोगसमेत प्रभावित हुन सक्ने देखिएको छ ।

फिफाले निलम्बन हटाउनका लागि आवश्यक सुधार तथा मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ । एन्फाले फिफाको मागअनुसार संघको स्वतन्त्रता सुनिश्चित गर्दै तेस्रो पक्षको हस्तक्षेप अन्त्य गरेपछि मात्र निलम्बन पुनरावलोकन हुन सक्ने बताइएको छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागिता र विकास कार्यक्रमहरूमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस