काठमाडौं –
नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको छ । बैंकका अनुसार हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित खरिद आवेदन पेश गर्नुपर्नेछ । बैंकले तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट कुनै पनि आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा बैंकको नियमावलीअनुसार उक्त सेयर अन्य व्यक्ति वा कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाइने जनाएको छ ।
बैंकले इच्छुक संस्थापक सेयरधनीलाई निर्धारित समयभित्र आवेदन दिई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।












